बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक भर्खरै बस्दै


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक भर्खरै बसेको छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले बैठक डाकेका थिए । बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णवहादुर खड्का, कृष्ण प्रसाद सिटौला सहभागी छन् । त्यस्तै माआवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने जसापबाट अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई र अशोक राई सहभगी छन् ।



बैठकमा एमालेको माधव नेपाल समूहका डा विजय पौडेल सहभागाी छन भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



सम्बन्धित
Loading...