चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, २१ सय बढी सक्रिय संक्रमित
भरतपुर, १५ साउन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो छ । दैनिक संक्रमणमुक्त हुनेभन्दा थपिनेको संख्या उच्च हुँदा सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ ।
आज (शुक्रबार)सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २१ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमित थपिँदा जम्मा ११९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । एक जना संक्रमितको मृत्यु भएको छ ।
सक्रिय संक्रमित मध्ये दुई हजार पाँच जना संक्रमित होम आइसोलेसनमा छन् । अस्पताल आइसोलेसनमा १२१ जना छन् भने पब्लिक आइसोलेसनमा ९ जना मात्रै छन् ।