सबैलाइ खोप उपलब्ध गराउन प्रकाशमानको सरकारसँग माग
सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

“जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईले आवाज उठाई दिनु प¥यो भन्छन । जनताका ती जायज माग हुन्,” उनले भने, “सरकारले कोभिड शिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनु पर्दछ ।”
नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पु¥याउन सरकारले प्राथमिकता दिएपनि सोही अनुसारको काम गर्न नसकेको गुनासो समेत गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप भनेको स्मरण गराउँदै उनले सोही अनुसारको काम गरेर देखाउन आग्रह गरे ।
“प्रधानमन्त्रीज्यूले संसदमा समेत आफनो पहिलो प्राथमिकता पनि खोप हो, दोस्रो प्राथमिकता पनि खोप हो, तेस्रो प्राथमिकता पनि खोप हो भन्नु भएको छ । अव त्यही अनुसारको कदम चाल्नु प¥यो नि । कामबाटै उहाँले गर्नु भएको प्रतिवद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने।