कलाकार किरण केसीले भने– ‘कब्जा गरिएको जग्गा मेरो होइन, म ब्रान्ड एम्बेस्डर हुँ’


भरतपुर। कलाकार किरण केसीले क्रान्तिकारी माओवादीले माडीमा रहेको कब्जा गरेको भनिएको जग्गा आफ्नो नरहेको जनाएका छन् । चितवन पोष्टसँगको कुराकानीमा कलाकार केसीले कव्जा गरिएको भनिएको जग्गा किरण केसी (राता मकै) को हो भनेर बदनाम गरिएको बताए । उनले भने, ‘माडीमा मेरो एक कठ्ठा जग्गा पनि छैन, म त कलाकार हुँ कुनै गु्रप, पार्टी कतै पनि आबद्ध छैन ।’ उनले विभिन्न मिडियामा आफ्नो नाम जोडेर किरण केसीको जग्गा कव्जा भनेर समाचार लेखेर मेरो बदनाम गर्न खोजिएको बताए ।



कलाकारण केसीले माडीमा कब्जा गरेको भनिएको जग्गा ट्वान्टी वान ग्रुप नामक संस्थाको रहेको बताए । उनले भने, ‘म त्यो गु्रपको ब्रान्ड एम्मबेस्डर हुँ, मेरो जग्गा होइन, मेरो नाममा माडीको कुनै जग्गामा लालपुर्जा पनि छैन, चितवन मालपोतमा गएर बुझ्नूस न ।’ कलाकार केसीले ४०÷५० बिघा कव्जा भनेर समाचारहरु आए, त्यो सब गलत रहेको बताए । उनले भने, ‘मेरो बिचारमा ट्वान्टी वान ग्रुपको २५ बिघाजति होला, त्यो सबै ट्वान्टी वान ग्रुपको नाममा पनि आएको छैन, जग्गा धनीसँगै लालपुर्जा छ । गु्रपले बैनामात्र दिएर राखेको छ ।’




कलाकार केसीले ट्वान्टी वान ग्रुपले माडीमा ३ करोडभन्दा बढी विकास निर्माणमा खर्च गरेको दावी गरे । उनले भने, ‘तटबन्धदेखि अस्पतालसम्म, सडकदेखि मन्दिर निर्माणसम्म ग्रुपले काम गरिरहेको छ । त्यो काम पनि देखिनुप¥यो ।’ उनले गु्रपले दुई बिघा जग्गामा पार्क बनाएर नगरपालिकालाई हस्तान्तरण गर्न लागेको बताए । उनले भने, ‘महँगो मूल्यमा गु्रपले जग्गा खरिद गरेको छ, त्यहाँको विकासमा लागेको छ, सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गा खरिद गरेर माडीको विकासमा होमिएको ट्वान्टी वान गु्रपको जग्गा कब्जा भन्दा मलाई अच्चम लागेको छ ।’ गु्रपले ४६ जना माडीका विपन्न परिवारका सदस्यलाई पढाइरहेको कलाकार केसी बताउँछन् ।

कलाकार केसीले भने, ‘गु्रपले तटबन्ध गरेर माडीको गाउँ जोगाएको छ, माडीको विकासमा होटलहरु बनाएको छ, तर यस्तो कुरो समाचारमा लेखिएन ।’
उनले साउन १५ गते मैले कलाकारितमा योगदान दिएबापत् बासुदेव लुँइटेल गुठी संस्थान पुरस्कार जितेको बताउँदै भने, ‘मैले पुरस्कार जितेको समाचारहरु आएनन्, तर मेरो हुँदै नभएको जग्गा किरण केसीको हो भनेर समाचार आउँदा म ज्यादै दुःखी भएको छु ।’



सम्बन्धित
Loading...