चितवनमा परीक्षणको झन्डै एक चौथाइमा देखियो कोरोना
चितवन जिल्लामा जम्मा परीक्षणको एक चौथाइमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले निकालेको तथ्यांक अनुसार जम्मा परीक्षणको एक चौथाइमा कोरोना संक्रमण देखिएको हो ।
साउन एक गतेदेखि हालसम्म चितवनमा १३ हजार ९९० जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार २६४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संख्या परीक्षणको झन्डै एक चौथाइ हो ।
आज साउन १८ गते सोमबार २२९ जनामा कोरोना संक्रमण देखिएको छ । आज ५७१ जनाको परीक्षण गरिएको थियो । चितवनमा हालसम्म २ हजार १९२ जना सक्रिय संक्रमित पुगेका छन् । हालसम्म २० हजार ७६९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनमा हालसम्म १८ हजार २४२ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा चितवनमा १८७ जना कोरोनाबाट मुक्त भएका छन् ।
चितवनमा २ हजार ६६ जना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् । १२१ जना अस्पतालको आइसोलेसनमा छन् । पाँच जना पव्लिक आइसोलेसनमा छन् । चितवनमा हालसम्म ३३५ जना संक्रमितको मृत्यु भएको छ ।