बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा ललितपुरस्थित पाटन उच्च अदालतबाट कसूरदार ठहर भई फरार रहेका काठमाडौँ बूढानीलकण्ठ निवासी ठाकुरप्रताप थापालाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा हाजिर गराइएको गरिएको छ । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि अभियुक्तले जानाजान पीडितलाई झुक्याएर बैंकको चेक दिएकाले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरिएकोे थियो ।

सो मुद्दामा उच्च अदालतले रु ३९ लाख ९६ हजार ४०० जरिवाना तोकेको थियो ।



facebook sharing button
twitter sharing button
linkedin sharing button
whatsapp sharing button


सम्बन्धित
Loading...