गगन थापा, नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने


पोखरा, साउन २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने बताउनु भएको छ ।



नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता रामचन्द्र केसीको १३ औं पुण्यतिथिमा पोखरामा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उहाँले खोप लगाएका व्यक्तिबाट बढी संक्रमण फैलिने डर रहेको बताउनुभयो ।




नेता थापाले खोप लगाएकाहरुले आफू सुरक्षित छु भन्दै स्वास्थ्यका मापदण्ड पालन नगर्दा खोप लगाएका व्यक्तिमा पनि संक्रमण बढ्ने डर भएको बताउनुभयो ।

उहँले अझै केही महिना कोरोनाको ठूलो चुनौती रहने भएकाले सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो ।

सबै उमेर समूहका नागरिकले कोरोना खोप नलगाएसम्म संक्रमणको चुनौती रहिरहने उहाँको भनाइ थियो ।

नेता थापाले स्वर्गीय सूर्यबहादुर केसीलाई नेपाली कांग्रेसले उच्च स्थान दिएकाले उहाँको परिवारका सदस्यलाई पनि राजनीतिमा सक्रिय हुन सुझाव दिनुभयो ।



सम्बन्धित
Loading...