शंकर पोखरेलमाथि कारवाही गर्न राष्ट्रियसभामा उठ्यो माग


राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहितलाई कारवाही गर्न माग गरेकी छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारवाहीको माग गरेकी हुन् ।



उनले माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण गरेको शैलीमा मुख्यमन्त्रीको निवासमा पुर्याएर पाँच दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक भएको बताइन् ।

उनले मुख्यमन्त्री पोखरेल पनि केपी शर्मा ओलीकै बाटोमा उन्मुख देखिएको टिप्पणी गर्दै भनिन् – ‘अविश्वास प्रस्ताव सामना गर्न नसक्ने, बजेट पेस गर्न नसक्ने, संसद बहिष्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने, ओली सरकारजस्तै हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री आफै अपहरणमा संलग्न भई कानुन विपरीत कार्य गरिरहेको हुँदा कारवाहीको जोडदार माग गर्दछु ।’



सम्बन्धित
Loading...