नवलपुरमा १ जना संक्रमितको निधन, ८१८ सक्रिय संक्रमित
कृशला सापकोटा – `
नवलपुर । पूर्वी नवलपरासीमा एक जना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार देवचुली १५ निवासी ६१ बर्षीय पुरुषको शुक्रबार निधन भएको हो ।
यो सहित नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ ।
त्यसैगरी नवलपुरमा पछिल्लो २४ घण्टामा ६४ जना नयां सक्रमित थपिएका छन् । १ सय ४३ जनामा परिक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार गैडाकोटमा १६ जना, देवचुलीमा १२ जना, कावासोतीमा २४ जना, मध्यविन्दुमा ६ जना, विनयी त्रिवेणीमा ५ जना र हुप्सेकोटमा १ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी शुक्रबार ४१ जना संक्रमित निको भएका छन् । नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ८१८ पुगेको छ ।