नवलपुरमा ५४ जना नयां सक्रमित थपिए


नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा ५४ जना नयां सक्रमित थपिएका छन् ।



स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार गैडाकोटमा १४ जना, देवचुलीमा ५ जना, कावासोतीमा २६ जना, मध्यविन्दुमा ४ जना, विनयी त्रिवेणीमा १ जना र हुप्सेकोटमा ३ जना संक्रमित थपिएका हुन् ।




त्यसैगरी शुक्रबार ११८ जना संक्रमित निको भएका छन् । नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ७५४ पुगेको छ ।

त्यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ ।



सम्बन्धित
Loading...