चितवनमा १७३ संक्रमित थपिँदा ६९ संक्रमणमुक्त, दुईको मृत्यु


भरतपुर, २३ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ९०२ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण भेटिएको हो ।



पछिल्लो २४ घण्टामा ६९ जना मात्रै संक्रमणमुक्त भएका छन् । दुई जनाको मृत्यु भएको छ । शनिबारसम्म जिल्लामा दुई हजार ४३३ जना सक्रिय संक्रमित छन् । साउनमा सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ ।



सम्बन्धित
Loading...