जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
प्रहरीले काठमाडौं र स्याङजाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ काठमाडौं काठमाडौं महानगरपालिका–१० मध्य बानेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । स्थानीय रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक ताससहित पक्राउ गरेको हो ।