भोलिदेखि कावासोती नगरपालिकामा दोस्रो चरणको कोभिडशिल्ड खोप लगाइने


रोशनी बानियां,नवलपुर।



नवलपुरको कावासोती नगरपालिकामा दोस्रो चरणको कोभिडशिल्ड खोप लगाइने भएको छ ।




कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दोस्रो चरणको कोभिडशिल्ड खोप साउन २६ र २७ गते लगाईने भएको हो ।
पहिलो चरणको खोप लगाएको ६५ वर्ष माथिका नागरिकलाई दोस्रो चरणको कोभिडशिल्ड खोप लगाइने छ । साउन २६ गते शिवमन्दिर स्वास्थ्य चौकीमा कावासोती वार्ड न.१,२ र ३, अग्यौली स्वास्थ्य चौकीमा कावासोती १४ र १५, पिठौली स्वास्थ्य चौकीमा कावासोती ११ र १२, कुमारवर्ती स्वास्थ्य चौकीमा कावासोती १७, कावासोती स्वास्थ्य चौकीमा कावासोती ८ का ६५ वर्ष माथिका उमेर समुहका लाई दोस्रो चरणको कोभिडशिल्ड खोप लगाइने भएकोे छ ।

यसैगरी साउन २७ गते शिवमन्दिर स्वास्थ्य चौकीमा कावासोती वार्ड ४,५र ६, अगयौली स्वास्थ्य चौकीमा कावासोती १६ ,पिठौली स्वास्थ्य चौकीमा कावासोती १३ , कुमारवर्ती स्वास्थ्य चौकीमा कावासोती १७, कावासोती स्वास्थ्य चौकीमा कावासोती ७,९ र १० मा कोभिडशिल्ड खोप लगाइने छ । खोप लगाउन जादा पहिलो चरणको खोप लगाएको खोप कार्ड अनिवार्य लानुपर्ने छ ।

https://www.youtube.com/watch?v=wp94g_fMWV4



सम्बन्धित
Loading...