भदौ १ गतेदेखि दोस्रो डोजको भेरोसेल खोप लगाइने
रोशनी बानियां –
नवलपुर । नवलपुरको कावासोती नगरपालिकामा भदौ १ गतेदेखि दोस्रो डोजको भेरोसेल खोप लगाइने भएको छ ।
कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कोभिड १९ बिरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोजको भेरोसेल खोप भदौ १ र २ गते र भदौ १० र ११ गते गरी २ चरणमा लगाइने भएको हो ।

पहिलो खोप साउन १ देखि ४ गतेसम्म लगाएका नागरिकलाई दोस्रो खोप भदौ १ र २ गते लगाइने छ भने साउन १० देखि १३ गतेसम्म पहिलो खोप लगाएका नागरिकलाई भदौ १० र ११ गते लगाइने छ ।
पहिलो चरणको खोप लगाएको स्वास्थ्य संस्थामा नै दोस्रो चरणको खोप लगाउने कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
भदौ १ गते शिवमन्दिर स्वास्थ्य चौकीमा कावासोती वार्ड न.१ र २, अग्यौली स्वास्थ्य चौकीमा कावासोती १४ र १५, पिठौली स्वास्थ्य चौकीमा कावासोती ११ र १२, कुमारवर्ती स्वास्थ्य चौकीमा कावासोती १७, कावासोती स्वास्थ्य चौकीमा कावासोती ८ यसैगरी भदौ २ गते शिवमन्दिर स्वास्थ्य चौकीमा कावासोती वार्ड ३ र ४, अगयौली स्वास्थ्य चौकीमा कावासोती १६ ,पिठौली स्वास्थ्य चौकीमा कावासोती १३ , कुमारवर्ती स्वास्थ्य चौकीमा कावासोती १७, कावासोती स्वास्थ्य चौकीमा कावासोती ७,९ र १० का ५५ वर्ष माथिका उमेर समुहकालाई दोस्रो चरणको भेरोसेलखोप लगाइने भएकोे छ ।
भदौ १० गते शिवमन्दिर स्वास्थ्य चौकीमा कावासोती वार्ड ५ र ६, अगयौली स्वास्थ्य चौकीमा कावासोती १४ र १५, पिठौली स्वास्थ्य चौकीमा कावासोती ११ र १२, कुमारवर्ती स्वास्थ्य चौकीमा कावासोती १७, कावासोती स्वास्थ्य चौकीमा कावासोती ८ मा यसैगरी शिवमन्दिर स्वास्थ्य चौकीमा कावासोती वार्ड १,२,३ र ४, अगयौली स्वास्थ्य चौकीमा कावासोती १६, पिठौली स्वास्थ्य चौकीमा कावासोती १३, कावासोती स्वास्थ्य चौकीमा कावासोती ७,९ र १० मा भेरोसेल खोप लगाइने छ ।
खोप लगाउन जादा पहिलो चरणको खोप लगाएको खोप कार्ड अनिवार्य लानुपर्ने छ ।