देवचुली नगरपालीका १ मिलनचोकमा ट्याक्टर दुर्घटना
नवलपुरको देवचुली नगरपालीका १ मिलनचोकमा ट्याक्टर दुर्घटना भएको छ ।

मिलनचोक स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु ४ त ३७३६ नं.को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालक वर्ष २६ को सोम बहादुर बोटेको टाउकोमा चोट लागेको र उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको छ ।
यसैगरी सह–चालक १९ वर्ष को सरोज कुमालको ढाडमा सामान्य चोट लागेको र उपचारको लागि स्थानिय देवचुली अस्पतालमा पठाईएको छ । ट्याक्टर नियान्त्रणमा लिएको छ ।