चितवनका अस्पतालमा २५३ संक्रमितको उपचार, पाँचजनाको मृत्यु
भरतपुर २८ साउन । चितवनका अस्पतालमा बिहीबार २५३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा उपचाररत संक्रमितमध्ये ३९ जना भेन्टिलेटर सहित १०५ जना आइसियूमा, ४६ जना एचडियूमा उपचाररत छन् भने १०२ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
२५ जना डिस्चार्ज
चितवनका अस्पतालबाट बिहीबार २५ जना कोरोना डिस्चार्ज भएका छन्। भरतपुर अस्पतालबाट १३ जना, चितवन मेडिकल कलेजबाट ८ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट ४ जना गरी २५ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
पाँच जनाको मृत्यु
पछिल्लो २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण चितवनका दुई सहित पाँच जनाको मृत्यु भएको हो। चितवनका दुई,नवलपरासी,अर्घखाची र बर्दियाका एक एक गरी पाँज जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। भरतपुर अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको हो।