कावासोती नगरपालिकामा बन्यो १२ करोडको प्रशासनिक भवन


 



नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १२ करोड बढी लगानीमा निर्माण भएको नगरपालिकाको प्रशासनिक भवनको शुक्रबार उद्घाटन गरिएको छ ।

भवनको नगरप्रमुख चन्द्राकुमारी पुनले उद्घाटन गरेका हुन् । नयाँ प्रशासनिक भवनबाट शुक्रबारदेखि नै काम शुरु गरिएको छ ।
प्रशासनिक भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख चन्द्रकुमारी पुन, नगरउपप्रमुख प्रेमशंकर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती लगायतले प्रशासनिक भवनको बारेमा चर्चा गरेका थिए ।




एउटै भवनमा कावासोती नगरपालिकाको सबै शाखाहरु समेत राखिएपछि कावासोती नगरपालिकाका सम्पूर्ण शाखाका काम अहिले एउटै भवनबाट भएको छ । उक्त भवन १२ करोड ८ लाखमा निर्माण सम्पन्न भएको हो । ५ तल भवन निर्माण गरिने भए पनि अहिले ३ तले भवन मात्र निर्माण भएको छ ।

 

 

 



सम्बन्धित
Loading...