“एक दिन एक रुपैंया दान अभियान” को एक बर्ष पुरा


हाम्रो समाजमा बिभीन्न समयमा विभिन्न प्रकारका दुःख पाइरहेका व्यक्तिहरु भेटिन्छन् । समाजमा आर्थिक अभाव , खाद्यन्न अभाव , शिक्षा तथा स्वास्थ्यको पहुँच बाट बन्चित हुनुपर्ने जस्ता समस्याहरु देखिन्छन्।  यस्ता देखिएका समस्याहरुलाई समाधान गर्नका लागी देवचुलीका युवाहरुले  “एक दिन एक रुपैंया दान अभियान”  संचालन गर्दै आइरहेका छन्। पछिल्लो समय यस अभियानले धेरै बेसाहारहरुको साहारा बन्ने काम गरेको छ।



यस्तै सामाजिक रुपमा सराहनीय कार्य गर्दै आएको यो अभियानले एक बर्ष पूरा गरेको छ । “जस्को कोही छैन उसका लागि हामी” भन्ने मूल नाराका साथ जन्मिएको “एकदिन एक रुपैंया दान अभियान ” ले एक बर्षको यात्रा सम्पन्न गरेको हो । यस अभियान अन्तर्गत रही जुझारु युवाहरुले कोरोना भाइरस संक्रमणको महामारीमा विभिन्न ठाउँमा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गरि आफ्नो एक बर्षे यात्रा सफलताका साथ पूरा गरेको छ । अत्याधिक मानिसहरुले चलाउने विभिन्न सामाजिक संजाल मार्फत विभिन्न देश तथा विदेशमा रहेका व्यक्तिहरुसँग समन्वय गरि संकलन गरिएको रकमले धेरै दुःखी तथा गरिबहरुको उद्धार गरेको छ । नवलपुर जिल्लाका विभिन्न पालिकामा गरि ११ जना अति विपन्न एवम् जेहेनदार बिद्यार्थीको लागी एक बर्षको शैक्षिक अभिभावकत्व बहन गरेको छ ।

साथै संस्थाले साँझ बिहान छाक टार्न समस्या भएका गरिब तथा असहाय व्यक्तिहरुलाई पनि सहयोग गरेको छ।  यस्तै आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसकेर मृत्यु संग लडीरहेका व्यक्तिहरुलाई विभिन्न तरिकाले सक्दो सहयोग गर्दै आएको छ । अभियानले यस एक  बर्षको दौरानमा कावासोती १ लोकहा निवासी १५ बर्षीय प्रियंका चापागाईंको लागी “ प्रियंका बचाऊँ अभियान” संचालन गरी ८६ हजार ३ सय रुपैंया सहयोग थियो ।No description available.




यस्तै मौलाकालिका अपांग सेवा संस्थामा रहेका अपांग ब्यक्ति हरुलाई दशैं तिहारको अवसरमा न्यानो कपडा बितरण गरेको थियो।अभियानले बुलिङटार गाऊँपालिका घर भई देवचुलि ( दलदले) मा अस्थाई रूपमा बसोबास गर्नु भएको लोकेंद्र पुलामी मगरको ८ महीने शिशु को मूटु एवम आन्द्रा को उपचारको लागी ११हजार १ सय ११ रुपैंया , जन्डिस रोगको उपचारका लागी देवचुलि ३ केउरेनी निवासी ३५ बर्षीय अमर बहादुर कार्कीलाई ७हजार ५ सय ५५ रुपैंया र देवचुलि १२ निवासी प्रेम बहादुर परियार ( माईला दाई) लाई ११ हजार १ सय ११ सहयोग गरेको छ।

त्यस्तै संस्थाले शैक्षिक रुपमा  १ देवचुलि १२ लक्ष्मीपुरका रमेश तिवारीलाई दिव्य ज्योति स्कूलको कक्षा ७ मा , देवचुली ३ केउरेनीका किस्मत पौडेललाइ नेपाल मा बि मा कक्षा ६ मा , ३ देवचुली १२ लक्ष्मीपुरका प्रकाश ढकाललाई जनज्योति नमूना मा बिको कक्षा ३ मा , मध्यबिन्दु ६ का बिपिन भट्टराईलाई जनता मा.बिको कक्षा १० मा , मध्यबिन्दु ७ चोरमाराका सुजल पंगेनिलाई नवजागरण आधारभूत बिधालयको कक्षा ४ मा , देवचुली ३ केउरेनीका रेशम परियारलाई नेपाल माध्यमिक विद्यालयमा कक्षा ७ मा , कावासोती ८ का सन्देश पराजुलीलाई जनकल्याण माध्यमिक विद्यालयको कक्षा ८ मा , देवचुली १२ लक्ष्मीपुरका सुजन बि.कलाई दिव्य ज्योती माधयमिक विद्यालयको  कक्षा १ मा ,  मध्यबिन्दु ६ का आशा महतोलाई जनता माध्यमिक विद्यालय कक्षा ६ मा , देवचुली १२ लक्ष्मीपुरका दिया सापकोटालाई दिव्य ज्योती माध्यमिक विद्यालयमा कक्षा ६ मा र देवचुली १२ लक्ष्मीपुरका प्रतिमा सापकोटालाई जनज्योती नमूना माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययन गराएको छ ।No description available.



सम्बन्धित
Loading...