ॐ कारेश्वर मन्दिरको उद्घाटन
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ ब्रम्हस्थान नवलपरासीमा रहेकोे नारायणी नदि तटमा निर्माण भएको ॐकारेश्वर मन्दिरको सोमबार उद्घाटन गरिएको छ । लामो समय ब्रम्हस्थान बस्दै आउका नारायण शर्माको सक्रियतामा निर्माण भएको मन्दिरको उद्घाटन गरिएका हो ।
समाजिक रुपान्तरण अभियानमा टेवा पुर्याउने उदेश्यका साथ मन्दिर स्थापना गरिएको शर्माले बताउनुृभयो । युवा जगतलाई कुलतबाट जोगाई सत्मार्गमा ल्याउन र कुलतबाट उन्मुति दिन मन्दिर स्थापना गरिएको समाजसेवी शर्माको भनाई छ ।