नवलपुरमा बस दुर्घटना १७ जना घाइते


नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ चालिसकिलो भन्ने जंगलमा गएराति बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ६५६७ नम्बरको बस आफै अनियन्त्रित भई चालिसकिलोमा बस सडकबाट २० मटिर तल खस्न गई दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते मध्ये गम्भीर घाइते ४ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ भने अन्य उपचार पछि घर फर्किएका छन् ।




पुरानो मेडिकल कलेजमा चितवनको राप्ती नगरपालिका ८ निवासी ३५ बर्षीय मानबहादुर घर्ती, ३५ बर्षीय गोमा घर्ती, पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ निवासी ३५ बर्षीय टंकनाथ कंडेल र हुप्सेकोट १ निवासी ५ बर्षीय बालक विवेक परिवारको उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

बस र बस चालक जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।



सम्बन्धित
Loading...