राप्रपा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक


रााष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म हुने महाधिवेशन कार्यतालिकाअनुसार वडा, गाउँरनगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भदौ मसान्तसम्म गरिनेछ ।
यस्तै सक्रिय सदस्यता वितरण-डिजिटल इन्ट्री भदौ मसान्तसम्म गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । साथै सचिवालयले सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई असोज ७ गतेसम्म बुझाउनुपर्नेछ । प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज २० गते हुनेछ भने असोज मसान्तसम्म महाधिवेशन प्रतिनिधिहरुको फोटोसहितको नामावली केन्द्रमा पठाउनुपर्नेछ ।
कात्तिक १५ गते केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिनेछ ।



सम्बन्धित
Loading...