रुपन्देहीमा अबैध डिजल ओसार पसार गर्ने भारतीय मालबाहक सवारी नियन्त्रणमा


रुपन्देहीमा अबैध रुपमा इन्धन ओसार पसार गर्ने भारतीय मालबाहक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर. जे. ०२ जिवी ४०५६ नम्बरको २२ चक्के लहरीलाई अबैध तरिकाले इन्धन ओसार पसार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।



प्रहरीले गाडीका चालक र सहचालक समेतलाई पक्राउ गरेको छ। उक्त मालबाहक सवारीमा २ वटा अतिरिक्त ट्यांकी जडान गरी ५ सय लिटर अर्थात ४० लाख ४ हजार मुल्य बराबरको डिजल भारततिर लैजादै गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।




प्रहरीले गाडीका चालक भारत राजस्थान जिल्ला करौलीका ४० वर्षिय राकेश डुगर र सहचालक ओमप्रकासलाई नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए। नियन्त्रणमा लिएका मालवाहक सवारी सहित चालक र सहचालकलाई भन्सार कार्यालयमा बुझाइएको उनले बताए।



सम्बन्धित
Loading...