नवलपुरमा बुधबार ४१ जना नयाँ संक्रमित थपिए, ४९५ सक्रिय संक्रमित
नवलपुर । पूर्वी नवलपरासीमा बुधबार ४१ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधबार गैडाकोटमा ६ जना, देवचुलीमा ७ जना, कावासोतीमा १४, मध्यविन्दुमा ७ जना, विनयी त्रिवेणीमा ५ जना र हुप्सेकोटमा २ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी बुधबार १ सय ८ जना निको भएका छन् । नवलपुरमा बुधबारसम्म ५९५ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी नवलपुरमा अहिलेसम्म कोरोनाका कारण १ सय ५९ जनाले ज्यान गुमाएका छन् ।
