गाईजात्राका दिन मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा


सरकारले यही ७ गते गाईजात्राका दिन उपत्यकासँगै मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।



गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी मन्त्रिपरिषद्को विहीबारको निर्णयअनुसार काठमाडौँ उपत्यकाका लागि तोकिएको सार्वजनिक बिदाका अतिरीक्त मुलुकभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

पहिले उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने गरिएको थियो ।




https://www.youtube.com/watch?v=wp94g_fMWV4



सम्बन्धित
Loading...