कावासोतीको न्यायिक समितिका अधिकांश मुद्दा सहमतिमै टुंगिए




कृशला सापकोटा –
कावासोती नगरपालिकाको न्यायिक समितिले अधिकांश मुद्दा सहमतिमा टुङ्गाएको छ । न्यायिक समितिका कार्यक्रम संयोजक धनिमाया अधिकारीका अनुसार आथिक वर्ष २०७७÷७८ मा न्यायिक समिति कावासोतीमा १९४ वटा मुद्दा परेकोमा १२७ वटा सहमति भई टुंगिएको छ ।

फर्छौट हुन बांकी ६७ वटा मुद्दा पनि सहमति कै प्रकृयामा रहेको अधिकारीले बताईन् ।




न्यायिक समितिमा गत आर्थिक वर्षमा परेका मुद्दा मध्ये सबै भन्दा बढी जग्गा विवाद रहेको छ । न्यायिक समिति कावासोतिका अनुसार जग्गा विवादमा ५५ वटा, साँध सिमाना विवादमा ३९ वटा र बाटो विवाद १५ वटा मुद्दा दर्ता भएको थियो । त्यस्तै गरी पारिवारिक विवाद ३९, लेनदेन विवाद २३, घर निर्माण विवाद ६, गाली गलोज ७, पारिश्रमिक विवाद ७, पालन पोषण विवाद ३ र घरभाडा विवाद १ वटा मुद्दा दर्ता भएको अधिकारीले बताईन् ।

https://www.youtube.com/watch?v=TUobLOIHRvM&t=15s

 

न्यायिक समितिमा परेका मुद्दा तथा उजुरीहरु दुवै पक्षलाई राखि दुवै पक्षको सहमतीमा दुवै पक्षलाई जिताएर मुद्दा टुंगाईने गरिन्छ । स्थानीय तह गठन भए सँगै अदालतमा मुद्दाको चाप घटाउन र आपसि छलफलमा टुंगाउन सकिने विवादलाई स्थानीय तहमै हल खोज्ने गरी सरकारले देश भरका पालिकाहरुमा नगर उपप्रमुख वा गाँउपालिका उपाध्यक्ष संयोजक रहने गरी न्यायिक समिति बनाउने प्रावधान ल्याएको हो ।



सम्बन्धित
Loading...