नवलपरासीमा पनि गाई जात्रा मनाइदै


कावासोतीमा निकालिइएको गाईजात्राको फाइल फोटो

 



  • रामकुमार श्रेष्ठ –

नवलपरासी । नवलपरासीमा पनि आज गाईजात्रा पर्व नेवार समुदायले धुमधामका साथ मनाउँदैन छन् ।




बर्षदिन भरी निधन भएका आफन्तको सम्झनामा गाईको प्रतिक आकार बनाएर गाईजात्रा पर्व मनाउने प्रचलन नवलपरासीका नेवार समुदायमा पनि रहेको छ ।

पूर्वी नवलपरासी र पश्चिम नवलपरासी दुवै क्षेत्रमा नेवार समुदायको बाहुल्यता रहेको गाउँहरुमा गाईजात्रा निकालिने गरिन्छ ।
पूर्वी नवलपरासीको गैडाकोट, रजहर, प्रगतिनगर, कावासोती, डण्डा, त्रिभुवनटार, सर्दी, अरुणखोला, चोरमारा, गिरुवारी, बसन्तपुर, बौदीकाली, बुलिङटार लगायतका क्षेत्रमा आज गाईजात्रा निकालिदै छ ।

त्यसैपश्चिम पश्चिम नवलपरासीको बर्दघाट, सुनवल, गोपीगञ्ज लगायतका क्षेत्रमा पनि आज गाईजात्रा निकालेर गाईजात्रा पर्व मनाइदै छ ।

आज काठमाडौं उपत्यका लगायत, धादिङ्ग, पाल्पा, तनहु लगायतका जिल्लाहरुमा धुमधामका साथ गाईजात्रा पर्व मनाइने गरिन्छ ।

https://www.youtube.com/watch?v=yNK7TFl87qI



सम्बन्धित
Loading...