कावासोतीबाट ७ जना जुवाडे पक्राउ


कृशला सापकोटा –



कावासोती । पूर्वी नवलपरासीको कावासोती ८ स्याउली बजारबाट नवलपुर प्रहरीले तास खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिएको छ ।
जुवातास खेलिरहेको अवस्थामा नगद २४ हजार ७ सय ८० रुपैयाँ र ३ बुक तास सहित ७ जनालाई पक्राउ गरी जुवा मुद्दामा कारवाही अगाडि बढाइएको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधुसुदन सिंहका अनुसार पक्राउ पर्नेमा कावासोती ८ बस्ने बर्ष ५८ को नेत्रबहादुर खड्का, बर्ष ४४ को कमल सुवेदी, बर्ष ५८ को अर्जुन घिसिङ, बर्ष ४३ को भुमिश्वर भट्टराई, बर्ष ६० को दिलबहादुर रानाभाट, बर्ष ५३ को श्याम गुरुङ र बर्ष ४९ को यज्ञ प्रसाद तिवारी रहेका छन् ।




नवलपुर प्रहरीले जुवातास नियन्त्रणका लागि सक्रियता देखाएको भए पनि ठूला जुवाका खालहरुबाट भने मानिसहरु पक्राउ गर्न सकेका छैनन् ।



सम्बन्धित
Loading...