नवलपुरमा आज ४३ जना नयां सक्रमित थपिए


नवलपुरमा पछिल्लो २४ घण्टामा ४३ जना नयां सक्रमित थपिएका छन् ।



स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार गैडाकोटमा १९ जना, देवचुलीमा १ जना, कावासोतीमा १४ जना, मध्यविन्दुमा ६ जना, र हुप्सेकोटमा ३ जना संक्रमित थपिएका हुन् ।




त्यसैगरी आज ८१ जना संक्रमित निको भएका छन् । नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ३२५ पुगेको छ ।

त्यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६१ पुगेको छ ।



सम्बन्धित
Loading...