टिकापुर विद्रोहको ६ पुरा, नवलपुरमा अन्तरक्रिया कार्यक्रम थारु आन्दोलनलाइ शसक्त बनाउन दुई निणर्य
नवलपुर । टिकापुर विद्रोहको ६ वर्षको स्मरणमा पूर्वी नवलपरासीमा पनि कार्यक्रम भएको छ ।
२०७२ साल भदौ ७ गते भएको घटनालाई सम्झदै कालो दिनको रुपमा थारुहरुले मनाएका छन् । टिकापुर विद्रोह भएको ६ वर्ष भैसक्दा पनि थारु माथि झुटा मुदा र राज्यबाट दमनकारी सासनको अन्त्य नभएको भन्द्र अबका दिनमा थारुका माग मुद्दामा सुनवाइ कसरी गराउने विषयमा रहेर नवलपुरका थारुहरुले अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
अन्य थारु बाहुल्यता रहेको जिल्लामा आजको दिन विरोध कार्यक्रम गरेर मनाउँदै गर्दा नवलपुरमा भनेर थारु आन्दोलनलाइ कसरी मृत रुप दिने विषयमा अन्तरक्रिया भएको हो ।
थरुहट/थारुवान राष्ट्रिय मोर्चा र थारु कल्याणकारीणी सभा पुर्वी नवलपरासीको संयुक्त आयोजनामा भएको कार्यक्रममा अधिकाम्स बोल्ने बक्ताले थारुहरु संक्रिय भएर आन्दोलनमा लाग्नु पर्ने बताएका छन् ।
राज्यले थारुहरुलाइ छुठा मुद्दामा जन्म कैदको फैसला गरेर थारुमाथि अन्य गरेको समेत बताएका छन ।
थारुहट युवा शक्तिका वरिष्ठ उपाध्यक्ष जामुन राम थारुले राज्यको दृष्टि थारु प्रति अझै नकारात्मक रहेको बताउनु भएको छ । थारुका माग मुद्दा संबोधानमा जुन जोगी आए पनि कानै चिरेको जस्तै जुन सरकार आए पनि थारुका कुरा सुनवाइ नभएको बताए ।
त्यस्तै राज्यबाट थारुलाइ हतियारको रुपमा मात्रै प्रयोग गरिएको थरुहट थारुवान राष्ट्रिय मोर्चाका सल्लाहकार गणेशमान महतोले बताए ।
महतोले थारुहरुलाइ प्रयोगमात्र गरिएको बताएका हुन ।
भारि मतले जितेका कैलालीका सांसद रेशम चौधरीलाइ थारु भएकै कारण जन्म कैद र सयांै मानिसलाई मारेको व्यक्तिलाई मन्त्रीको पद दिदा यहाबाट थारुलाइ पछाडि पारिएको तथा अन्याय गरिएको प्रष्ट रहेको महतोले बताए ।
अन्तरक्रिया कार्यक्रमबाट थारुका आन्दोलन लाई ससक्त बानउनमा निम्ती दुई निणर्य समेत गरिएको छ ।
अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताले जब सम्म थारुको माग मुद्दा सुनवाइ हुदैन तब सम्म थारुको आन्दोलन जारी रहने , कुनै माग पूरा गराउन शान्तिले नभए क्रान्तिमा जानू पर्नेमा समेत अणान रहेको बताएका छन् ।
कैलालीको टिकापुरमा २०७२ साल भदौ ७ गते ७ जना प्रहरी र एक नाबालकको ज्यान जादा थारुहरु पनि दुखि छन् । थारुले आन्दोलन गर्ने क्रममा ८ जनाको मृत्युु हुदा दुखको विषय रहेको छ , तर त्यको दोस थारुलाई दिदा यो सुइकाए नरहेको थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्र सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज मान महतोले बताए ।
https://www.youtube.com/watch?v=Fj4aHpWnuoc&t=202s