कावासोतीमा आज ४ जना नयां संक्रमित थपिए, हालसम्म १९८८
नवलपुरको कावासोतीमा आज ४ जना नयां संक्रमित थपिएका छन् ।

कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा सोमबार समम १९८४ जना कोरोना संक्रमित रहेकोमा आज ४ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १९८८ पुगेको छ ।
कावासोतीमा कोभिडका काराण ५० जनाले ज्यान गुमाईसकेका छन् त्यसैगरी कावासोतीमा आज १९ जनाले कोरोना जितेका छन् भने हाल सम्म १७८८ जनाले कोरोना जितिसकेका छन् ।
कावासोतीमा अहिले सक्रिय संक्रमितको संख्या २७४ रहेको छ ।