२ हजार ५२५ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ९०९ जनाको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५०५ जनामा कोरोना पुष्टि भएको छ ।




पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ८६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।



सम्बन्धित
Loading...