श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान् जेल जलान




जनकपुरकी आरती साहमाथि एसिड प्रहार गर्ने श्रीमान् सञ्जीव साहलाई  जिल्ला अदालत धनुषाले जेल चलान गरेको छ ।

बिहीबार जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले साहलाई १० वर्ष ६ महिना करागार र ६ लाख ५० हजार जरिवाना एवं त्यति नै बराबरको क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए।

सोही घटनामा अवैध रूपमा एसिड बेच्ने जनकपुरका नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको छ। गत १९ कार्तिकमा  साहले स्थानीय पेठिया बजारमा छोरी रियासँगै समान खरिद गर्न गएका वेलामा आरतीमाथि एसिड प्रहार गरेका थिए।




एसिड प्रहारले आरतीको दाहिने आँखा गुमेको छ भने दाहिने छातीलगायतका अंगभंग भएका छन् । यसअघि बिहीबार नै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पीडित आरतीलाई प्रदेश सरकारको तर्फबाट पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

https://www.youtube.com/watch?v=_uFnrRQrjeQ&t=20s

 



सम्बन्धित
Loading...