नवलपुरमा थप ५ जना संक्रमितको निधन,सक्रिय संक्रमित ३६७
पूर्वी नवलपरासीमा थप ५ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोती ८ बस्ने ६२ बर्षीय महिला, कावासोती ३ बस्ने ५६ बर्षीय महिला, कावासोती १६ बस्ने ४८ बर्षीय पुरुष, कावासोती ९ बस्ने ८० बर्षीय बृद्घा र यसैगरी कावासोती ९ बस्ने ५३ बर्षीय महिलाको निधन भएको हो ।
कावासोती ८ निवासी ६२ बर्षीय महिलाकोे मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचाररतको क्रममा निधन भएकोे छ भने कावासोती ३ बस्ने ५६ बर्षीय महिला र कावासोती १६ बस्ने ४८ बर्षीय पुरुषको भरतपुर जिल्ला अस्पतालमा निधन भएको छ ।
भदौ ५ गते कावासोती ९ निवासी ८० बर्षीय बृद्घाको घरमै मृत्यु भएको हो भने यसैगरी सोहि ठांउ बस्ने ५३ बर्षीय महिलाको भदौ ९ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ४९ जना नयां सक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार गैडाकोटमा ४१ जना, देवचुलीमा १ जना, कावासोतीमा ३ जना, मध्यविन्दुमा १ जना, र हुप्सेकोटमा ३ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी आज ४६ जना संक्रमित निको भएका छन् । नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ३६७ पुगेको छ ।
त्यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ ।