नवलपुरमा खोला थुनियो, हुप्सेकोटको क्षेत्रमा सतर्कता अपनाउन आग्रह


नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका गिरुवारी खोलाको मुहान क्षेत्र रुम्से खोला थुनिएको छ ।



शुक्रबार पहिरो गएको क्षेत्रमा पहिरोले खोला थुनिएको खबर आएको र प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।




हुप्सेकोट ४ र ५ को रुम्से लगायतका क्षेत्रमा अहिले पहिरो खसिरहेको छ ।

यसैबीच हुप्सेकोट गाउँपालिकाले शनिबार सार्वजनिक सूचना जारी गरेर हुप्सेकोटको वडा नं. ४ र ५ को पहाडी क्षेत्रमा पहिरो खसिरहेको र माथिल्लो भेगमा खोलाहरुको मुहान थुनिएकोले उक्त स्थानबाट बहने गिरुवारी र पत्थर खोलामा बाढी आउन सक्ने भएकोले सतकर्ता अपनाउन आग्रह गरेको छ ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेद्वारा जारी सूचनामा खोला आसपासका क्षेत्रमा बासिन्दालाई सचेत रहन आग्रह गरिएको हो ।



सम्बन्धित
Loading...