एटुजेड मोबाइल हाउसमा चोरी
पूर्वी चितवनको रत्ननगर–२, टाँडीचोकमा रहेको एटुजेड मोबाइल हाउसमा शुक्रबार राति चोरी भएको छ ।
मोबाइल हाउसको सटर फोडेर ३२ थान मोबाइलसहित केही थान घडी चोरी भएको प्रहरीले जनाएको छ । रडको प्रयोग गरी चोरले सटरको लक तोडेको प्रहरीले जनाएको छ । शनिबार बिहान स्थानीयले सटर फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई टिपाएको रिपोर्टमा विभिन्न कम्पनीका ३२ थान मोबाइल र केही थान घडी चोरी भएको उल्लेख छ । मोबाइल हाउसमा सिसी क्यामेरामा देखिएअनुसार चोरीमा दुुई जना सलग्न छन् ।
उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले जनाएको छ ।