सुनवलका युवाहरुलाई स्वरोजगार तालिम
गोपी ज्ञवाली ।
नवलपरासी, भदौ १२ गते । सुनवल नगरपालिकाका एक सय युवाहरुलाई कृषि तथा पशुपालन सम्बन्धी शिपमुलक तालिम प्रदान गरिएको छ ।
नगरपालिकाका वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ नगरपालिकाका विभिन्न वडाका एक सय युवाहरुलाई पशुपालन एवं कृषि सम्बन्धि तीन महिने तालिम प्रदान गरिएको तालिम प्रदायक संस्था देउराली जनता प्राविधिक शिक्षालयका अध्यक्ष प्रकाश रानाले बताउनु भएको छ ।

सुनवल नगरपालिकाको अनुरोध पछि सुनवलका स्थानिय वेरोजगार वा कृषि, पशुपालनमा संलग्न एक सय युवाहरुलाई तीन महिने शिप तालिम प्रदान गरिएको छ जसमा पशुपालन तर्फ २० जना र कृषि तर्फ ८० जना युवाहरुलायई ब्यावसायिक दक्षताको विकासका लागि तालिम प्रदान गरिएको प्राविधिक शिक्षालयका अध्यक्ष रानाले बताउनु भयो ।
तीन महिने शिपमुलक तालिम अन्तर्गत कृषि प्राविधिकको तालिम सुनवल ९ तर्गौलीमा र पशु पालन तालिम सुनवलको १२ नम्बर वडामा संचालन गरिएको थियो । सिटीईविटी अन्र्तगतको यो तालिम बुटवल स्थित देउराली जनता प्राविधिक शिक्षालय द्धारा संचालन गरिएको थियो । तीन महिना सम्म संचालन गरिएको यो तालिमको आईतवार समापन गरिएको छ भने समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई सीटीईविटीको मान्याता प्राप्त प्रमाणपत्र प्रशिक्षार्थीहरुलाई प्रदान गरिएको थियो । समापन कार्यक्रमा सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा भरतले प्ररिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।