गैडाकोटको थुम्सीमा अझै खुलेनन् बाटो



नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट थुम्सीमा ३ दिनदेखि अबरुद्ध पूर्व पश्चिम सडक अझै खुल्न सकेको छैन् ।



गैडाकोटको चार स्थानमा डाईभर्सन भत्किएर शुक्रबार देखि सडक अवरुद्ध भएको हो । भत्किएको डाईभर्सन मध्ये २३ स्मृति पुलमा भत्केको डाईभर्सन अझै खुल्न सकेको छैन् ।

जिल्ला प्रहरी नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार २३ स्मृति पुलमा भत्केको डाईभर्सन नाघेर पानी बगेको कारण यातायात पुनः अवरुद्ध भएको हो ।




गएराती केही समय यातायात एकतर्फी रुपमा सञ्चालनमा आएको भए पनि डाईभर्सन नाघेर पानी बगेपछि यातायात पुनः अवरुद्ध भएको जिल्ला प्रहरी नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

 

https://www.youtube.com/watch?v=_uFnrRQrjeQ&t=212s

 



सम्बन्धित
Loading...