सम्पादकीय: वर्षा र बाढीको कहर
पछिल्लो ३ दिन देखि परेको अविरल वर्षाका कारण मध्य नेपालका विभिन्न जिल्लाहरु बाढी र पहिरोका कारण प्रभावित भएका छन्। बुधवारदेखि परेको अविरल वर्षाका कारण नारायणगढदेखि कपिलबस्तुसम्मका मुख्य राजमार्ग नै विभिन्न स्थानमा पैदल पनि हिड्न नमिल्ने गरी विग्रिएका वा पुलहरु भासिएका कारण हजारौ मानिसहरु प्रभावित भएका छन्।
बुटवल नारायणगढ सडक खण्ड निर्माणाधिन अवस्थामा रहेको अवस्थामा दर्जनौं स्थानमा बनाईएका अस्थाई डाईभर्सनहरु बगाएका कारण स्थानीय वरपरका बजारहरु समेत एकअर्कासंग सम्पर्क विक्षेद भएका छन्।
बुटवलदेखि वर्दघाटसम्म विभिन्न स्थानमा बनाईएका करिब एक दर्जन कल्वर्ट वा डार्यवर्सनहरु बाढीले बगाएको छ भने सुनवल र घोडाहामा बनेको पुराना दुई पुलहरु मर्मत नै गर्न नमिल्ने गरी भाचिएका छन् । यसै गरी दाउन्नेदेखि नारायणगढसम्मको दर्जनौं स्थानमा क्षतविक्षेद भएको छ।
पुर्वी नवलपरासीको पहाडी भागमा पहिरोका समस्या र पश्चिम नवलपरासीको मैदानी भागमा बाढी र वर्षाको पानीले बस्ती डुबाउँदा दर्जनौ घरपरिवार विस्थापित भएका छन्। यी मध्य तराईका जिल्लाहरुको मैदानी भागमा बाढी र डुबानका कारण सहर बजारका मानिसहरु समेत पीडित बनेका छन।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा परासीको पुर्व तर्फबाट बगेको झरही खोलाको बाढी परासीको बजार क्षेत्रमा विहिवार रातीको समयमा पसे पछिको सबै ब्यापारिक प्रतिष्ठान, सरकारी कार्यालयहरु, एवं बजारका करिब सबै जसो घर र पसलमा बाढीको पानी पसे पछि लाखौं रुपियाका सम्पती नष्ट भएको छ ।
बाढीले पु¥याएको क्षतिको यकिन विवरण आउन केही दिन लाग्ने भए पनि लाखौैं रुपैयाँको सम्पति बाढीको पानीले नष्ट बनाएको छ । नवलपरासीको जिल्ला सदरमुकाम परासीको जनजीवन नराम्रोसंग प्रभावित भएको छ।
जिल्ला सदरमुकाम परासी स्थित नेपाली सेनाको ब्यारेक, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयको तल्लो लता पानी सहित आएको माटोले भरिएको छ भने तल्लो तलामा भएका सामानहरु नष्ट भएका छन् ।
https://www.youtube.com/watch?v=5EY3fk3fueY&t=64s