गैडाकोटमा नदिले बगाई एक जनाको मुत्यु


नवलपुरको गैडाकोटमा नदिले बगाई एक जना पुरुषकोे मृत्यु भएको छ ।



भरतपुर नगरपालिका ११ बस्ने देबिराम आचार्य भदौ २६ गते करीब ११ बजेको समयमा नारायणी नदीमा नुहाउन जादा भेलले बगाएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।




गैडाकोटको स्थानियले देखेर तत्काल नदिबाट बाहिर निकालेर शव पोस्माटमको लागि भरतपुर सरकारी अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । शव अस्पतालमै रहेको जनाईएको छ ।



सम्बन्धित
Loading...