पाँचकिलोमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । इच्छाकामना गाउँपालिका ६ पाँचकिलोमा शुक्रबार बिहान करिब ७ः१५ बजेतिर लेदोसहितको पहिरो जाँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माथिबाट ठूलो पहिरो आई दुईतर्फी बाटो अवरोध भएकाले पहिरो गएको स्थानमा सडक विभागको लोडर पुगे पनि अविरल वर्षा भइरहेका कारण पन्छाउने कार्यमा बाधा परेको छ ।
प्रहरीले सवारीसाधन बाटो सुचारु नभएसम्म सुरक्षित स्थानमा पार्किङ गरिदिन सम्बन्धित चालकहरुलाई आग्रह गरेको छ ।
यो पनि पढ्नुहोस्
दाउन्नेमा पहिरो जाँदा राजमार्ग ठप्प
नवलपुरका सबै विद्यालय तिज पछि खुल्ने
चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा
https://www.youtube.com/watch?v=MtJ72x3NdpY