बुटवल-तानसेन सडक दैनिक ११ घण्टा बन्द हुने


बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्ड दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ ।



तानसेन नगरपालिका-८ तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

 

उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।

 

उनका अनुसार दिउँसोको समयमा भने सडक नियमित सञ्चालन हुनेछ ।

 

यो पनि पढ्नुहोस्

पाँचकिलोमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

दाउन्नेमा पहिरो जाँदा राजमार्ग ठप्प

नवलपुरका सबै विद्यालय तिज पछि खुल्ने

 

https://www.youtube.com/watch?v=MtJ72x3NdpY

 

 



सम्बन्धित
Loading...