वामदेवले राखे नेपालसँग चार सर्त, सर्त पूरा भए एसमा लाग्ने




नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चार सर्त राखेका छन् ।

उनले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेका हुन् । गाैतमले आफ्नो सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने बताएका छन् ।




गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने सर्त राखेका छन् । जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो ।

जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन् ।

यता अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिए ।

 

यो पनि पढ्नुहोस्

दाउन्नेमा पहिरो जाँदा राजमार्ग ठप्प

नवलपुरका सबै विद्यालय तिज पछि खुल्ने

चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा



सम्बन्धित
Loading...