यार्सागुम्बासहित ४ जना पक्राउ


प्रहरीले बहुमूल्य जडिबुटी यार्सागुम्बासहित ४ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले उनीहरुलाई बिहीबार सामाखुसीबाट पक्राउ गरेको हो ।



प्रहरीले उनीहरुको साथबाट १ किलो ७ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ ।




पक्राउ पर्नेहरुमा गोरखाकोको चुमनुब्री गाउँपालिकाका डुण्डुप गुरुङ, लमजुङको मर्स्याङ्दी गाउँपालिकाका बेलबहादुर थापा, लमजुङ बेंशी सहरका कृष्ण परियार र प्यूठान खलंगाका दानबहादुर जिसी रहेका छन् ।

प्रहरीले उनीहरु चारै जनालाई जिल्ला वन डिभिजन कार्यालय काठमाडौंलाई बुझाएको छ ।



सम्बन्धित
Loading...