कावासोतीमा आज थप ५ जना नयां संक्रमित


नवलपुरको कावासोतीमा आज ५ जना नयां संक्रमित थपिएका छन् ।



कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा विहिबार सम्म

२०२६ जना कोरोना संक्रमित रहेकोमा आज ५ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २०३१ पुगेको छ ।




कावासोतीमा कोभिडका काराण ५३ जनाले ज्यान गुमाईसकेका छन् त्यसैगरी कावासोतीमा आज १९ जनाले कोरोना जितेका छन् भने हाल सम्म १७८८ जनाले कोरोना जितिसकेका छन् ।

कावासोतीमा अहिले सक्रिय संक्रमितको संख्या ६२ रहेको छ ।



सम्बन्धित
Loading...