नवलपुरमा थप १९ जना नयां सक्रमित, सक्रिय संक्रमितको संख्या १३१
नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार सक्रिय संक्रमितको संख्या १ सय ३१ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १९ जना नयां सक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार गैडाकोटमा ८, देवचुलीमा ५, कावासोतीमा ५, मध्यविन्दुमा, विनयी त्रिवेणीमा १ जना गरी १९ जना नयां संक्रमित थपिएका हुन् । अहिले संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दो क्रममा छ ।
नवलपुरमा हाल सम्म ७८२६ मा एन्टिजेन परिक्षण गरेकोमा २ हजार ९९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज २१ जना संक्रमित निको भएका छन् भने हाल सम्म निको हुनेको संख्या ७८१५ पुगेको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६७ पुगेको छ ।