५१ किलो गाँजासहित चार जना पक्राउ


चितवन प्रहरीले ५१ किलो गाँजासहित चितवनबाट चार जनालाई पक्राउ गरेको छ। ना ७ ख ५०११ नम्बरको रात्रि बसबाट रत्ननगर नगरपालिका–१५ का २७ वर्षीय सोनाम वाइबा, कालिका नगरपालिका–८ का २५ वर्षीय विमल तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ का २० वर्षीष राजकुमार तामाङ र चितवन राप्ती नगरपालिका–१ का २० वर्षीय मिनराज घलान पक्राउ परेका हुन्।



चारै जनालाई प्रहरीले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। वाइबा र तामाङद्वय रात्रि बसमा काठमाडौंबाट शुक्रबार चितवन गइरहेका थिए। घलान भने ना२ह ५८८० नम्बरको अटो चालक हुन्। उनको अटोबाट प्रहरीले ३५ किलो गाँजा बरामद गरेको थियो।



सम्बन्धित
Loading...