नवलपुरमा अझै खुलेन ड्राइभिङ्ग लाइसेन्सको ट्रायल




कावासोती । निषेधाज्ञा विस्तारै खुकुलो हुँदै गएसँग देशभर सवारी चालक अनुमति पत्रको लागि परीक्षा, ट्रायल र बायोमेट्रिक खुलेको भए पनि नवलपुरमा भने अझै खुलेको छैन ।

सातवटै प्रदेश र गण्डकी प्रदेशको पोखरामा समेत ट्रायल खुलिसकेको भए पनि कावासोतीमा रहेको यातायात व्यवस्था कार्यालय नवलपुरले लिखित परीक्षा, ट्रायल र बायोमेट्रिक नखोल्दा यहाँका सेवाग्राही प्रभावित भएका छन् ।




सवारी चालक अनुमति पत्र लिनका लागि अनलाइन आवेदन भरेकाहरुको लिखित परीक्षा, ट्रायल र बायोमेट्रिक नखोल्दा यहाँ हजारौंको संख्यामा सेवाग्राही प्रभावित भएका हुन् ।

नवलपुरमा मोटरसाइकल, जिप, कार, अटो, ट्याक्टर लगायतका सवारी साधनका लागि लिखित परीक्षा, ट्रायल र बायोमेट्रिक दिनका लागि हजारौंले अनलाइन आवेदन दिएका छन् ।

 

 



सम्बन्धित
Loading...