लाङ्घाली एकता समाजको कानुनी सचेतना प्रशिक्षण

भाद्र १९, कावासोती । लाङ्घाली एकता समाज कावासोती ८ को आयोजनामा एकदिने कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार भएको छ ।
संस्थाका अध्यक्ष राम बाहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहाकार कर्णेल धनबहादुर मास्की राना मगर प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा बोल्नहुदै प्रमुख अतिथी कर्णेल धनबहादुर मास्की राना मगरले समान्य दैनिक जिवन सहज रुपले संचालन गर्नको लागि कानुनी कुराहरु बुझ्नु जरुरी रहेको बताए ।
नियम कानुनहरु नजान्दा धेरै कुराहरुमा ठगीने सम्भावना रहेको बताउँदै कर्णेल मास्की राना मगरले कानुनी सचेतना कार्यक्रम सबैको लागी अति आवश्यक रहेकोले समयअनुसार परिमार्जन (संसोधन) हुने कानुन सम्बन्धी शिक्षा सबैले लिनुपर्नेमा जोड दिए ।
कार्यक्रम संयोजक सस्थाका शिक्षा विभागका प्ँ्रम्ुाख कमला राना मगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा अधिवतmा चुडा बाहादुर आले मगरले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा सल्लाहाकार लिला मास्की राना मगर, प्रेम बाहादुर राना मगर लगाएत ४० जना सहभागी रहेको कार्यक्रमको संचालन संस्थाका सचिव याम बाहादुर थापा मगरले गरेका थिए ।