अबको चुनाबमा १ नम्बरको पार्टी माओवादी केन्द्र: देवेन्द्र पौडेल

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का स्थायी कमिटि सदस्य देवेन्द्र पाैडेल ( सुनिल)ले अबकाे चुनावमा माओवादी केन्द्र एक नम्बरकाे पार्टी बन्ने कावासाेतीकाे एक कार्यक्रममा घाेषणा गरेका छन् ।
अखिल क्रान्तिकारी (नवलपुर) काे १६ अाैं जिल्ला सम्मेलनमा बाेल्दै सुनिलले पार्टी भित्रका कुसंस्कृति विरूद्ध विद्यार्थीहरू एक भएर लड्न समेत अाग्रह गरेका छन् ।
विद्यार्थी संगठन भनेकाे परिवर्तनकाे संवाहक भएकाले विद्यार्थीहरू सधैं सडक बाघकाे रूपमा रहिरहनु पर्ने बताएका थिए । अहिले विवादित रहेकाे एम सि सि लाई गहिरिएर अध्ययन गर्न पनि अाग्रह गरेका थिए ।
समाजवादी यात्राका लागि कम्युनिष्ट पार्टी एकता गरेकाे भए पनि अाेलीकाे अहमले गर्दा त्याे पूरा हुन नसकेकाे कुरा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाैडेलले बताएका थिए । कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) का केन्द्रीय सदस्य किशन शर्मा, संगठनका जिल्लाका पूर्व अध्यक्षहरूले शुभकामना मन्तव्य दिएका थिए ।
कावासाेतीकाे खानेपानी सभाहलमा सञ्चालन भएकाे कार्यक्रमकाे अध्यक्षता अखिल क्रान्तिकारी नवलपुरका संयाेजक ईश्वर गैह्रे रहेका थिए । सम्मेलनकाे बन्द सत्र चलिरहेकाे छ । बन्द सत्रले नयाँ नेतृत्व छान्नेछ ।
https://www.youtube.com/watch?v=wp94g_fMWV4&t=1s