अखिल (क्रान्तिकारी), नवलपुरकाे अध्यक्षमा अाशिष अाचार्य नेपाल कम्युनिष्ट पार्टी


अखिल (क्रान्तिकारी), नवलपुरकाे अध्यक्षमा अाशिष अाचार्य नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपुरकाे अध्यक्षमा अाशिष अाचार्य निर्वाचित भएका छन् । अखिल क्रान्तिकारी नवलपुरकाे १६ अाैं जिल्ला सम्मेलनबाट अाशिष अाचार्यकाे नेतृत्वमा ४१ सदस्सीय समिति चयन गरिएकाे छ ।
जसकाे उपाध्यक्षहरूमा दिनेश के सी, नवीन पाठक , एस पि चापागाई, रामकृण्ण भण्डारी र गगन भट्टराई सचिवमा प्रविन रानाभाट, सहसचिवमा विष्णु गैह्रे र काेषाध्यक्षमा सबु चालिसे चयन भएका छन् ।
अखिल ( क्रान्तिकारी ) नवलपुरका संयाेजक ईश्वर गैह्रेकाे अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का स्थायी समिति सदस्य देवेन्द्र पाैडेल (सुनिल) काे प्रमुख अातिथ्यतामा अाज कावासाेती खानेपानी सभाहलमा सम्पन्न भएकाे हाे ।




सम्बन्धित
Loading...